नेपालमा पाँचौ कोरोना संक्रमित पुष्टी

१५ चैत्र,काठमाण्डौ ।
नेपालमा कोरोना भाईरस (कोभिड-१९)को संक्रमित संख्या पाँच पुगेको छ । शनिबार नयाँ संक्रमित पुष्टी भएको हो । मार्च १७ मा कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट बेल्जियम बाट कतार हुदै नेपाल आएकी १९ बर्षीय महिलामा कोरोना पुष्टी भएको हो ।उनी नेपाल आएको भोलीपल्ट नै काठमाण्डौ बाट माईक्रो बस चढेर बाग्लुङ गएको समेत खुल्नमा आएको छ । शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित पुष्टीभएको जानकारी गरेका हुन् ।

एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको बताएपछि सो विमानमा आएका दुई जनामा कोरनाको पुष्टि भएको हो । यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी फ्रान्सेली महिलामा पनि कोरोना पुष्टि भएको थियो ।उनी फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी हुन् । सो जहाजमा २ सय ५ यात्रुहरु थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।