२८ मार्च,सिड्नी ।
कोरोनाभाईस (कोभिड-१९)का कारण बेलायतको लण्डनमा फेरी नेपाली बुवा-छोरीको मृत्यु भएको छ । लण्डनको चर्चित हित्रो बिमानस्थलमा अध्यागम बिभागमा कार्यरत सुधिर शर्मा र फार्मेसीमा कार्यरत छोरी पुजा शर्माको मृत्यु भएको हो ।बिमानस्थलको टर्मिलन ३ मा कार्यरत बुबा सुधिरको मृत्युको २४ घण्टामै छोरीको निधन भएको स्थानीय मिडियाले लेखेका छन् । पुजाको कोरोनाभाईरसले मृत्यु भएको उनी कार्यरत फार्मेसीले समेत गरेको छ ।
शर्माले जनवरी पहिलो सात देखि बिमानस्थलमा काम थालेका बुझ्नमा आएको छ । उनी पश्चिमी लन्डनमा होन्स्लोमा बस्दै आएका थिए ।