अमेरिकामा एक लाख बढी कोरोना संक्रमित,१ हजार ६ सयको मृत्यु

२८ मार्च,सिड्नी ।
अमेरिकामा कोरोनाभाईरस (कोभिड-१९) बाट संक्रमित संख्या पहिलो स्थानमा पुगेको छ । चीन बाट सुरु भएको महामारी कोरोनाभाईरसले संक्रमितका हिसाबले ईटाली,स्पेन र युरोपका अन्य मुलुकहरुलाई पछि पार्दै पहिलो स्थानमा पुगेको हो ।यो समचार तयार पार्दा सम्म अमेरिकामा एक लाख भन्दा बढी संक्रमित पुष्टी भएको छ । शुक्रवार करिव २० हजार नयां संक्रमित थपिएका हुन् । त्यसले संक्रमितको संख्या लाख नाघेकोको हो । भने,मृत्यु हुनेको संख्या एक हजार छ सय पुगेको छ । शुक्रबार एकै दिनमा ४ सय बढीको मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाले आजित पारेको अबस्थमा नेपाली समुदाय समेत प्रभाबित बनेको छ । न्यूयोर्क, टेक्सस, कोलोराडो, सनफ्रान्सिस्को लगायतका शहरमा कतिपय नेपाली व्यवसाय वन्द भएका छन् । टेक्ससमा पनि केही नेपाली व्यवसायीले ग्यास स्टेशन समेत वन्द गरेका छन् ।

कोभिड भाइरस न्यूयोर्कवाट फैलिएर अमेरिकाका सवै शहरमा पुगेको छ । सिकागो, डिट्रवाईट र न्यूओरल्यान्समा संक्रमितको बृद्धिदर उच्च छ । यि नयां इपिसेन्टरका रुपमा देखिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।