१४ चैत, काठमाडौं ।
नेपालमा कोरोनाभाईरस (कोभिड-१९) संक्रमित संख्या चार पुगेको छ । प्रादेशिक अस्पताल धनगढीमा चैत्र ११ गते भर्ना भएका एक ब्यक्तिमा कोरोनाको पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना पुष्टी भएको जानकारी गराएका छन् ।