२७ मार्च,सिड्नी ।
विश्वब्यापी रुपमा कोरोना भाईरस (कोभिड-१९) महामारीका रुपमा फैईलिएको छ । विश्वका बिभिन्न देश र राज्यहरु सहित १९७ देश र राज्यमा कोरोनाले आतंकित बनाएको छ । डिसेम्बर ३१ तारीखमा चीनको हुबे प्रान्तको वुहान शहरमा पहिलो पटक आधिकारीक रुपमा कोरोनाभाईरसको केस पुष्टी भएपछि छोटो समय अर्थात् एक हप्ताको अबधिमा नै चिनमा पचास हजार बढी संक्रमित भएका थिए । चीनमा ८१ हजार बढी सङक्रमित थिए भने ३ हजार २ सयले ज्यान गुमाए । चीन पछि अहिले ईटालीमा कोरोनाले सताएको छ । ईटालीमा ८ हजार २ सयको ज्यान गएको छ । कोरोनाले सबै भन्दा बढीको मृत्यु अहिले सम्म ईटालीमा भएको छ । ईटालीमा कोरोनाले मृत्यु हुनेमा अहिले दैनिक करिब ५ सय देखी ८ सयको बिचमा छ ।
कोरोनाले युरोप मात्र नभएर अमेरिका,अष्ट्रेलिया,क्यानडा र बेलायतलाई पनि सताएको छ । बेलायतमा दोस्रो नेपालीको मृत्यु भएको छ । केहि दिन अघि मात्रै लण्डनमा ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
सोमबार बिहान लण्डन बस्ने ४० बर्षीय प्रशान्त अर्यालको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनी करिब दुई दशक देखि नै लण्डन बस्दै आएका थिए । स्रोतका अनुसार उनी केहि दिन अघि मात्रै नेपालबाट लण्डन फर्किएका हुन् । सोहि समयमा उनले भारतको केहि स्थानको भ्रमण समेत गरेका थिए ।
उनी मार्च १६ मा सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अस्पताल लगिएको थियो । स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
उनको पुरानो घर चितवन हो । उनको श्रीमती ११ वर्षकी छोरी र ९ वर्षका छोरा सहित लण्डनमा छन् । मृतक अर्यालले १६ मार्चमा कोरोना भाइरसविरुद्ध लड्न युनाईटड नेशन अर्गनाईजेसनले बनाएको राहत कोषमा सहयोग समेत गरेका थिए ।