क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली भागे

१० चैत्र,नेपालगन्ज ।
भारतबाट सोमबार दिउसो स्थलमार्ग हुदै नेपालगंज भित्रिएका पाँच सय भन्दा बढी नेपालीहरु नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन बाट भागेका छन् ।सोमबार दिउसो १ बजेको समयमा नेपालगंज सिमा नाका जमुनहा बोर्डर बाट नेपाल छिरेका करिब आठ सय नेपालीहरुको स्वास्थ्य जाँच गराएर क्वारेन्टाईनमा राखिएको थियो । सरकारले सोमबार देखि नै चीन र भारतका सबै नाकाहरु बन्द गर्ने घोषणा गरे पनि भारतबाट नेपालीहरु आउनके क्रम रोकिएन ।

क्वारेन्टाईनमा राखेको केही घण्टामा नै पाँच सय भन्दा बढी क्याम्पसको पश्चिम तर्फको पर्खाल नाघेरै भागेका हुन् । अब क्वारेन्टाईनमा करिब दुई देखि तीन सयको बिचमा मात्रै रहेका छन् । अहिले क्वारेन्टाइनमा महिला, बालबालिका र वृद्धबृद्दा रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।