१० चैत्र,काठमाण्डौ ।
आईतबार राति १२ बजेदेखि नेपाल सरकारले विदेशबाट हुने अन्तर्राष्ट्रिय यात्रुसहितका उडानमा रोक लगाइसकेको छ । यद्दपी अटेर गर्दै शिल्क एयरवेज , कतार एयरवेज लगायत आइरहेकै छन् । यसैक्रममा सोमबार चारवटा अन्तर्राष्ट्रिय एयरलायन्सले काठमाडौं खाली आउने यात्रु लिएर जाने उडानको अनुमति पाएका छन् ।कतार एयरवेज, कोरियन एयर, इतिहाद एयरवेजले सोमबार काठमाडौं उडानको अनुमति पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार, कतारले दुई वटा तथा इतिहाद र कोरियनले एउटा/एउटा उडान अनुमति पाएका छन् । कतार एयरवेजको एउटा विमान सोमबार बिहान आएर दोहा फर्किसकेको छ भने साँझ इतिहाद, कोरियन र कतारको एउटा-एउटा उडान तालिकामा राखिएको छ ।
यी सबै चार्टर नभई सेड्युल उडान हुन् । यी एयरवेजले यात्रु ल्याउन पाउने छैनन् तर यहाँवाट विदेशी लान पाउनेछन् । काठमाडौंमा करिब १० हजार विदेशी नागरिक रहेको तथ्यांक अध्यागमन विभागले दिएको छ । तिनैमध्येका अधिकाशंले स्वदेश फर्किन टिकट बुकिङ गरेकाले विभिन्न एयरलायन्सले अहिले काठमाडौं बाट लैजाँदैछन् ।