१० चैत्र, काठमाण्डौ ।
कतारबाट फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय फ्रान्सेली युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।उनि गत मंगलबार नेपाल आएकी हुन् । उनको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । कतारबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आईतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए ।
उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए । संक्रमित व्यक्ति १९ वर्षीया युवती रहेको समेत बताएइको छ । युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन् । युवतीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । साथै, उनीसँग आएका र सम्पर्कमा पुगेकाहरुलाई निगरानीमा राखिएको बताइएको छ ।