८ चैत्र,काठमाण्डौ ।
विशेष सैनिक हेलिकप्टरले कोरोना भाइरस मार्ने औषधी छर्ने भन्दै भ्रम फैलाउने सन्देशप्रति प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान गरिरहेको छ । यस्ता भ्रमपूर्ण सन्देश प्रवाह गर्नेलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको छ । रातीको १२ बजेपछि घरबाहिर निस्कन नहुने, सुकाएका कपडा निकाल्नुपर्ने लगायतका अन्य भन्दै म्यासेन्जरमा फैलिएका म्यासेज भ्रमपूर्ण रहेको नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापाले बताएका छन् । प्रहरीले यस्ता भ्रमपूर्ण हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।यस्तै कोरोना भाइरस संक्रमण भएको बिरामी भेटिएको झुटो अडियो बनाएर सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सिपाडोल बस्दै आएका रामेछापकाका २० वर्षका विवेक थापा मगरलाई प्रहरीको साइबर अपराध अनुसन्धान व्यरोले पक्राउ गरेको हो ।उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तथा विभिन्न अस्पतालमा कोरोना संक्रमित भेटिएको झुटो अडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उक्त भिडियो भाइरल बनेको थियो ।