८ चैत्र,काठमाण्डौ ।
सरकारले शुक्रबार देखी लागु गरेको नियम मिचेर थाई एयरवेज र एयर ईन्डियाले ५५ जना नेपाली स्वदेश अबतरण गराएको छ । सरकारले नेपाली नागरिक सहित सबैका लागि मलेसिया, विभिन्न खाडी मुलुक र युरोपबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । तर सरकारको नियम २४ घण्टा बित्न नपाउदै नियम तोडिएको छ । स्वदेश फर्किएका सबैलाई क्वारेन्टाइनमा राख्न तयारी भइरहेको अध्यागमन विभागले बताएको छ ।
नेपालमा अहिले भारतीय र चिनिया स्थलमार्ग बाहेक सबै अन्तर्राष्ट्रिय उडान प्रभावित छन् । यस्तै आईतबार देखि नेपालमा लामो दुरीका यात्रुबाहक बस समेत केहि दिनका लागि बन्द गरिने सरकारको निति छ ।