नेपालमा कोरोनाको अत्याधिक त्रास,प्रमले देशबासीका नाममा सम्बोधन गर्ने

७ चैत्र,काठमाडौं ।
कोरोनाभाईरस (कोभिड-१९) ले पछिल्लो समय युरोप सहित बिकसित राष्ट्रहरु युके,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई समेत आंतकित बनाईरहेको छ । भारतमा समेत यसको ठुलै प्रभाब देखिनथाले पछि नेपाल सरकार चिन्तित बनेको छ।नेपालले ५० भन्दा बढी देश बाट नेपाल प्रबेशमा रोक लगाईसकेको छ । जुन नियम आज राती १२ बजेपछि लागु हुदैछ । यसैबिच स्थलगत मार्ग(बोर्डरहरु) समेत बन्देज गरिसकेको अबस्थामा पुर्ण रुपमा लकडाउन गर्ने तयारीमा रहेको बुझिएको छ । यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले आज साँझ ५ बजे सम्बोधन गर्नुहुनेछ । सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ ।दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ । सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।