२० मार्च,सिड्नी ।
चीनको हुवे प्रान्तको वुहान शहर बाट फैईलिएको महामारी कोरोनाभाईरसले यतिबेला युरोपका देशहरु सहित बिकसित राष्ट्रहरुलाई समेत सताईरहेका छ । अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २३३० जनामा संक्रमण पुष्टी भएको छ भने,थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या २२ पुगेको छ । अहिलेसम्म न्युयोर्कमा संक्रमित मध्ये एकजनाको मात्र सफल उपचार भएको छ ।यसैबीच न्युयोर्कको क्वीन्स निवासी एकजना ७६ बर्षका पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ । अस्पतालले उनलाई सेल्फ क्वारेन्टाइनका लागि घर पठाएको थियो । टेओडोसियो टोरस नामका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।
शुक्रबारमात्र उनलाई न्युयोर्कको क्वीन्समा रहेको न्युयोर्क प्रेस्बेटेरियन अस्पतालमा लगिएको थियो । तर उनलाई जाँचपछि शुक्रबार नै घरमा आइसोलेसनमा बस्न भन्दै फर्काइएको थियो । पछि उनका संक्रमण पुष्टी भएको थियो ।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको अपार्टमेन्टमा बुधबार बेलुका उनको निधन भएको जनाइएको छ । अमेरिकाभर कोरोना संक्रमितको संख्या १३ हजार ६ सय २२ पुगेको छ । अहिलेसम्म १८९ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि फर्किनेहरु जम्मा १ सय ८ जना रहेका छन् ।
खसोखासको सहयोगमा*