इटलीमा कोरोनाभाइरसले एकै दिनमा ४७५ जनाको ज्यान गयो ,मृत्यु हुनेको संख्या तीन हजार माथि

१९ मार्च,सिड्नी ।
चीन पछि युरोप ताकेको महामारी कोरोनाभाईरस (कोभिड-१९)ले पछिल्ला केहि दिन देखि युरोप लगायतका देशहरुलाई सताईरेको छ । चीनमा डेढ महिनाको अबधिमा करिब तीन हजार पाँच सयले कोरोनाका कारण ज्यान गुमाउन पुगे । चीनमा करिब-करिब पुर्ण रुपमा नै नियन्त्रणमा आईसकेको कोरोनाले चीन पछि यतिबेला ईटालीमा सबै बन्दा बढीको ज्यान गएको छ । ईटालीमा दैनिक दुई सय भन्दा बढीको मृत्यु हुन थालेपछि केहि दिन देखि सरकारले देश पुरै लकडाउन गर्दा पनि कोरोनाको रोकथामको संकेत देखिएको छैन । दिन प्रतिदिन ईटालीमा ज्यान गुमाउनेको संख्या बढ्न थालेको हो ।ईटालीमा गत २४ घण्टाको अबधिमा थप ४७५ जनाको मृत्यु भएपछि अहिले सम्म ईटालीमा ज्यान गुमाउनेको संख्या तीन हजार नाघेको छ । छोटो समयमा ईटालीमा धेरैको मृत्यु हुदा युरोप निकै चिन्तित बनेको छ ।

कोरोनाभाईरसकै कारण ईटाली सहित युरोप लगायतका अधिकांस प्रभाबित देशहरु अहिले लकडाउनमा छन् ।कोरोनाभाईरसले पछिल्लो समयमा बेलायत,अमेरिका,अष्ट्रेलिया र क्यानडा जस्ता शक्तिशाली देशहरुमा समेत आंतक मच्चाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।