डब्ल्यूएचओ भन्छ : कोरोना महामारी नेपाल सहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदै

५ चैत्र,काठमाण्डौ।
विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड-१९)को महामारी चीन पछि साउथ कोरिया र ईटाली हुदै अहिले अमेरिका र अष्ट्रेलियामा केन्द्र भएर सताईरहेको छ । अमेरिका र अष्ट्रेलियामा ठुलो संख्यामा कोरोनाको संक्रमण पुष्टी भैईसकेको छ । यसै बिच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ ।दक्षिण पूर्वी एसियाली देशमा कोभिड-१९ को नियन्त्रणका लागि उचित समयमा प्रभावकारी काम गर्न नसके कोरोनाले नसोचेको घटना हुनसक्ने भन्दै डब्ल्यूएचओले चेतावनी दिएको हो । डब्ल्यूएचओको यस किसिमको चेतावनी पछि नेपालले भोली बाट हुने एसईई लगायत यो चैत्र महिना भित्र हुने सबै परिक्षाहरु स्थगीतको गरेको छ ।यस्तै क्लब-डिस्को,सिनेमा घर हुदै जिम समेत बन्द गर्ने घोषणा गरेको छ । यस्तै २५ जना भन्दा बढी भेला हुन नपाउने समेत घोषणा गरे अनुसार नेपालमा कोरोनाको ठुलै प्रभाब पर्न सक्ने बुझिन्छ ।डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छिन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ। हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’केहि दिन अघि सम्म सुन्य रहेको भारतमा अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या दोब्बर हुदैछ । भने छोटो समयमा नै तीन जनाको मृत्यु भैईसकेको छ । डब्ल्यूएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपाल सहित ११ मुलुकलाई राखेको छ। तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन् । भने,इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन्। यस्तै नेपाल र भुटानमा पनि १/१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।