५ चैत्र,काठमाडौं ।
बिहिबार देखी देशभर हुने माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर पुर्ण रुपमा स्थगित गरिएको छ । विश्वभर फैईलिएको कोरोनाभाईरस (कोभिड-१९)को त्रासका कारण परिक्षा स्थगित गरिएको हो ।कोरोना भाईरसले पछिल्लो समय युरोपमा आतंक मच्चाईरहेका बेला नेपालमा समेत यसको असर देखिन लागेकाले सरकारले कोरोना नियन्त्रणका निम्ति सो कदम चालेको हो ।कोरोनाभाईरस भिडभाडमा चाडै फैलिने गरेको छ । परिक्षाको पुर्ब सन्ध्यामा परिक्षा स्थगितको सुचना आउदा लाखौ बिध्यार्थी प्रभावित भएका छन् ।गाँउ-गाँउ देखि परिक्षाका लागि सदरमुकाम झर्नु पर्ने बाध्या नेपालमा अझै पनि कायम नै रहेकाले त्यस क्षेत्रका बिध्यार्थीका लागि थप असहज भएको छ ।सरकारले अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।यसपटकको एसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गतका अन्य सबै संकायका परीक्षाहरु पनि स्थगित गरिएको जनाइएको छ ।