कोरोनाको त्रास : सुनसान बन्यो लण्डन बेल्जियम शहर ( फोटोफिचर )

४ चैत्र,एजेन्सी |
गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ ।
तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चार हजारको हाराहारीमा ज्यान गुमाईसकेका छन् । चीनमा नियन्त्रणमा आईसकेको कोरोनाभाईरसले यतिबेला युरोप मुलुकमा महामारीमा फैईलिएको छ ।चीन पछि साउथ कोरिया हुदै ईटालीमा कोरोनाले आंतक मच्चाईरहेको छ । यस्को प्रतिकुल असर पछिल्लो समय अमेरिका,अष्ट्रेलिया,क्यानडा र युकेमा समेत ठुलो मात्रामा परेको छ । यि चारै देशका भिभिआईपिहरुमा नै कोरोनाभाईरसको संक्रमण पुष्टी भएका छ । नर्वेका राजारानी सहित राज परिवार समेत क्वारेन्टाईनमा छन् । यस्तै बेलायतको स्वास्थ्यमन्त्री,अष्ट्रेलियाका गृहमन्त्री,क्यानडाका प्रधानमन्त्री दम्पती र अमेरिकाका एक भिभिआईपिलाईमा समेत कोरोनाको संक्रमण पुष्टी भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरानाको अहिलेको केन्द्रबिन्दु युरोप रहेको घोषणा गरेको छ । अष्ट्रेलियाले लकडाउनको तयारीमा छन् । अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका छन् । अष्ट्रेलिया बाट अप्रिल पहिलो साता सम्मको अधिकांस अन्तर्राष्ट्रिय उडान रद्द भईसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताएका अन्तर्राष्ट्रिय ठुला मिडियाले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण बढेलगत्तै सार्वजनिक स्थलमा नहिँड्न र घरमै बस्न सरकारले अपिल जारी गरेलगत्तै बेलायतको शहर लण्डनका भिडभाड हुने क्षेत्रहरु सुनसान बनेका छन्।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सम्बोधन लगत्तै भिडभाड हुने सडक, सपिङमल, रेष्टुरेन्टलगायतका क्षेत्र भुत घर झैं सुनसान बनेका छन्। प्रधानमन्त्री बोरिसले सेल्फ आइसोलेसनका लागि घरमै बस्न आग्रह गरेका थिए। कोरोना भाइरसका कारण बेलायतमा एक हजार पाँचसय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा ५५ जनाको मृत्यु भइसकेको छ।‘द सन’का अनुसार तत्काल प्रभावकारी कदम नचाल्ने हो भने मृत्यु संख्या २ लाख ६० लाखसम्म पुग्न सक्ने मेडिकल विज्ञहरुले चेतावनी दिइसकेका छन्।कोरोनाको प्रभाव विस्तार भए लगत्तै थिएटर एसोसिएसनलगायतका संस्थाले अर्को सूचना जारी नभएसम्मका लागि थिएटर बन्द गरिसकेका छन्।धेरै जना भेला हुने कन्सर्ट, खेलकुद प्रतियोगितालगायतका कार्यक्रम स्थगित भइसकेका छन्।
कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेको बेला बेलायतको सरकारले नयाँ किसिमका रणनीतिहरु अपनाउने तयारी गरेको छ।यातायात सेवा अवरुद्ध गर्ने‚ कोरोना महामारीलाई रोक्नका लागि यथासक्य प्रयास गर्ने‚ चीनले जस्तै संक्रमणलाई सकेसम्म कम गराउने‚ कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि यसले पारेको असरलाई एकैपटक रोक्न नसकिने भएकाले यसको न्यूनिकरणमा ध्यान दिने र घरबाहिर गएर केही नगर्ने।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।