नेपालले फिर्ता गरायो बिदेशी सहित एनआरएनलाई

४ चैत्र,काठमाडौं ।
देशमा महामारी फैलन बाट रोक्नका लागि नेपाल सरकार यतिबेल सकृय छ । विश्वभर फैलिदै गएको कोरोनाभाईरस (कोभिड-१९) ले नेपालमा समेत प्रतिकुल असर गर्ने संकेत देखा परे संगै यसको नियन्त्रणका लागि १५ मार्च राती १२ बजे देखी नै अन-अराईभल भिषामा रोक लगाएको थियो ।करिब २ साता अघि देखी नै सरकारले सो निति र नेपाल आउने आगन्तुकहरुले कोरोनाभाईसकै कारण अपनाउनु पर्ने नियम र मापदण्ड सार्बजनिक गरेको थियो । सरकारको नियम अनुसार पालना नगर्दा नेपाल आएका बिदेशी नागरिक सहित गैर-आवासीय नेपाली संघका आबद्द एनआरएनहरु समेत फिर्ता भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अध्यागमन बिभागले सोमबार नेपाल आईपुगेका बेलायतका ५ नेपाली, फ्रान्सका ६, चीनका ५, जापानका ४, नेदरल्याण्डका ३, इटलीका २, इजरायलका २, चेक रिपब्लिकका २, हङकङका १, अमेरिकाका १, मेक्सिकोका १ अफगानिस्तानका १, अष्ट्रेलियाका १ र मलेसियाका १ जना गरी कुल ३५ जनालाई सम्बन्धित देशमा फिर्ता पठाएको हो ।

अहिले नेपाल आउनका लागि गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा स्वाब रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।अध्यागमनबाट फिर्ता भएका ३५ जनामा धेरै गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलको विदेशी नागरिक रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।