राजधानीमा मास्कमा कालोवजारी, दुई करोड बढी नाफा कमाउने योजना !

३ चैत्र, काठमाडौं ।

प्रहरीले मास्क कालोवजारी गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ३० वर्षीय टेकराम श्रेष्ठ, बाराका ३४ वर्षीय सन्जय रेग्मी, चितवनका २६ वर्षीय अजिम बक्स मिया र आरडीजी इन्टरनेसनलका सन्चालकद्धय २३ वर्षीय सुरज गोयल र ३७ वर्षीय सुबास महेश्वरी छन् ।उनीहरूको साथबाट आइतबार प्रहरीले आठ लाख ४० हजार मास्क बराबद गरेको छ । चन्द्रागिरी नगरपालिका, १० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिएर आरडीजी इन्टरनेसनल सप्लायर्स कम्पनी सञ्चालन गर्दै आएका थिए ।महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ परेकाहरू ३.२५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँमा बिक्री वितरण गर्ने योजनामा थिए । ३.२५ पैसाका दरले बरामद आठ लाख ४० हजार मास्कको २७ लाख ३० हजार मूल्य पर्छ ।तर उनीहरूको ३.२५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँका दरले दुई करोड ६० लाख ४० हजार रुपैयाँमा बेच्ने योजना थियो । यसरी हेर्दा उनीहरूले बरामद भएका मास्कबाट दुई करोड ३३ लाख १० हजार रुपैयाँ नाफा कमाउने योजना बनाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।पक्राउ परेकालाई कालो बजारी तथा सामाजिक हितबिरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।