कोरोना महामारी युरोपमा : डब्लूएचओ, १२६६ जनाले ईटालीमा ज्यान गुमाए

१४ मार्च,सिड्नी ।
गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ ।
तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चार हजारको हाराहारीमा ज्यान गुमाईसकेका छन् । चीनमा नियन्त्रणमा आईसकेको कोरोनाभाईरसले यतिबेला युरोप मुलुकमा महामारीमा फैईलिएको छ ।चीन पछि साउथ कोरिया हुदै ईटालीमा कोरोनाले आंतक मच्चाईरहेको छ । यस्को प्रतिकुल असर पछिल्लो समय अमेरिका,अष्ट्रेलिया,क्यानडा र युकेमा समेत ठुलो मात्रामा परेको छ । यि चारै देशका भिभिआईपिहरुमा नै कोरोनाभाईरसको संक्रमण पुष्टी भएका छ ।नर्वेका राजारानी सहित राज परिवार समेत क्वारेन्टाईनमा छन् । यस्तै बेलायतको स्वास्थ्यमन्त्री,अष्ट्रेलियाका गृहमन्त्री,क्यानडाका प्रधानमन्त्री दम्पती र अमेरिकाका एक भिभिआईपिलाईमा समेत कोरोनाको संक्रमण पुष्टी भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरानाको अहिलेको केन्द्रबिन्दु युरोप रहेको घोषणा गरेको छ ।

अष्ट्रेलियाले लकडाउनको तयारीमा छन् । अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका छन् । अष्ट्रेलिया बाट अप्रिल पहिलो साता सम्मको अधिकांस अन्तर्राष्ट्रिय उडान रद्द भईसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताएका अन्तर्राष्ट्रिय ठुला मिडियाले जनाएका छन् । कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा फैलिएको छ ।

यूरोपेली देशमध्ये इटलीमा संक्रमण र मृत्यु निकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १२६६ पुगेको छ । इटलीमा १७६६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने ५२३२ जनामा संक्रमण पुष्टि भएको छ । जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि संक्रमण उच्च बनेको छ । युरोपमा संक्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि यूरोपबाट आवातजावात बन्द गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।