अमेरिकी सेनाले कोरोनाभाइरस फैलाएको चीनको दाबी

१३ मार्च,एजेन्सी ।
डिसेम्बर अन्तिमदेखि चीनको हुबई प्रान्तको राजधानी वुहान शहरबाट फैलिन सुरू भएको उक्त भाइरस अहिले संसारका ११८ मुलुकमा पुगेको छ। यसले मानिसको स्वास्थ्यलाई मात्र असर पारेको छैन। अर्थतन्त्र, पर्यटन, राजनीति, दैनिक जनजीवन, चाडपर्व, शिक्षण संस्था प्रभावित भएका छन्।पछिल्लो समय चीनले आफ्नो देशमा यसको संक्रमण लगभग नियन्त्रणमा गरेको छ तर युरोप र अमेरिकामा भने संक्रमण बढ्दो क्रममा छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ नाम दिएको यो रोगलाई विश्व महामारीको घोषणा गरेपछि यसबारे विश्वभरमै चासो र चिन्ता झन् बढेको छ।चासोसँगै केही कन्सपिरेसी सिद्धान्त पनि बाहिर आएका छन्। तीमध्ये एउटा हो- चीनमा कोरोना भाइरस अमेरिकाले फैलाएको हो।पहिला त यो कन्सपिरेसी सिद्धान्तमा धेरैले चासो देखाएका थिएनन् तर शुक्रबार बिहान चिनियाँ अधिकारीहरूले नै यसलाई चर्चामा ल्याएका छन्। चिनियाँ विदेश मन्त्रालय प्रवक्ता झाओ लिजियानले अमेरिकी सैनिकले वुहानमा कोरोना भाइरस ल्याएको भनी छापिएको एउटा सामग्रीलाई ट्वीट गरेका छन्।‘यो आश्चार्यमा पार्ने खालको छ। यसले मैले पहिला विश्वास गर्ने धेरै कुरा परिवर्तन गरिदिएको छ,’ उनले लेखेका छन्।क्यानडाको ग्लोबल रिर्सच नामको उक्त वेवसाइटका दुई लिंक सेयर गर्दै उनले आफ्ना फ्लोअर्सलाई उक्त ट्वीट रिट्वीट गर्न पनि अनुरोध गरेका छन्।उक्त वेवसाइटले गत अक्टुबरमा वुहानमा भएको मिलिटरी वर्ल्ड गेम्समा सहभागी अमेरिकी सैनिकमा कोरोना भाइरस भएको लेखेको छ।

उक्त प्रतियोगितामा १ सय देशका सैनिक सहभागी थिए।अहिले चीनमा विदेश मन्त्रालयका प्रवक्ताको उक्त ट्वीटको चर्चा छ। अहिलेसम्म उक्त भाइरस वुहानको एक सी फुड मार्केटबाट फैलिएको भनिन्छ।तर यसअघि नै अमेरिकी अधिकारीले कोरोना भाइरसलाई बेवास्ता गर्दै आएका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई विदेशी भाइरस भनेका थिए। केही अधिकारीहरूले त कोरोनालाई वुहान भाइरससमेत भनेका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।