नर्वेका राजदम्पती,क्यानडाका प्रधानमन्त्री ‍दम्पती क्वारेन्टाइनमा

१३ मार्च,एजेन्सी।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका दम्पती नै क्वारेन्टाइनमा बस्न थालेका छन्। प्रधानमन्त्री जस्टिनकी श्रीमती सोफी ग्रोगोर ट्रुडोमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले प्रधानमन्त्री दम्पती क्वारेन्टाइनमा रहेका हुन्। उनको रिपोर्ट आइनसकेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री जस्टिन ‘सेल्फ क्वारेन्टाइन’मा रहेका हुन्।‘हालै लन्डनबाट फर्केकी प्रधानमन्त्री पत्नी सोफीमा ज्वरोजस्तो हल्का फ्लू लक्षण देखिन थालेपछि उनको स्वास्थ्य परीक्षण गरिएको छ,’ प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सोफी घरमै परीक्षणको नतिजाको पर्खाइम क्वारेन्टाइनमा छिन्। यद्यपि, सोफीमा देखिएका लक्षण भने हुँदै आएका छन्।’प्रधानमन्त्री जस्टिनमा भने कुनै पनि संक्रमणको लक्षण देखिएको छैन। उनी क्वारेन्टाइनमै छन्। उनले मन्त्रिपरिषद्को बैठक पनि फोन वा भर्चुअल रूपमा मात्र गरेका छन्। ‘कोरोनाको जोखिम कम गर्न हामी परामर्शमा छौं,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।क्यानडामा हालसम्म १ सयभन्दा बढी मानिसमा संक्रमण भएको बताइएको छ भने एक जनाको मृत्यु समेत भएको छ। हालसम्म विश्वभरमा १ लाख २७ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४ हजार ७ सय मानिसको मृत्यु भइसकेको छ।यस्तै नर्वेका राजदम्पतीमा समेत कोरोनाको संकेत देखा परेर क्वारेन्टाईनमा रहेको खबर सार्बजनिक भएका छन् ।विश्वका चर्चित सेलिब्रेटी र भीभीआईपिहरुमा समेत कोरोनाभाईरसको संकेत देखिनुले कोरोनाले आम मानिसहरुमा त्रास थपेको छ ।
युरोपबाट अमेरिकाको सबै यात्रामा लगाए प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् ।बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।उनले थपे, ‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’बेलायती स्वास्थ्य मन्त्रीमा समेत कोरोना
बेलायती बेलायती स्वास्थ्य मन्त्री नादीन डोरिज पनि कोरोना संक्रमित भएकी छिन। स्वास्थ्य मन्त्री डोरिज कन्जर्वेटिभ सांसद हुन्।डोरिज बेलायतमा कोरोना संक्रमित पहिलो सांसद हुन्। डोरिजमा कोरोना संक्रमण देखिएपछि उनले सबै आवश्यक चिकित्सा सल्लाह लिईसकेको र र सावधानी अपनाएको बताएकी छिन्। स्वास्थ्य मन्त्री डोरिज अहिले घरमै क्वारेन्टाइन आइसोलेसनमा छिन्।

डोरोना सन् २००५ दखि लगातार सांसद भएकी छिन्।बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाईसकेका छन् भने ३८२ संक्रमित छन्।युभेन्ट्सले अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसंग खेल्ने तालिका छ । उक्त खेल क्लोज डोरमा खेलाउने तयारी भएपछि कोरोनाकै कारण युईएफले खेल स्थगित गर्न सक्ने सम्भावना छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।