कालापानीबाट भारतीय सेना हटाउने विषयमा छलफल नगराउन सभामुखलाई प्रचण्डको ठाडो निर्देशन

२९ फागुन,काठमाडौं।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानीबाट भारतीय सेना हटाउने विषयमा सदनमा फलफल नचालाउन सभामुखलाई ठाडो निर्देशन दिएको रहस्य बाहिरिएको छ । प्रचण्डको यस्तो निर्देशनपछि बिहीबारको प्रतिनिधिसभा बैंठकको कार्य सूचीमा चढिसकेको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव अन्तिम सयममा कार्यसूचीबाट हटाइएको खुलासा भएको हो ।
नेकपा अध्यक्ष प्रचण्डले सभामुख अग्नि सापकोटालाई फोन माफर्त सो प्रस्तावलाई संसदमा छलफल नगराउन निर्देशन दिएका थिए।उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भारत सरकारको आग्रहमा तत्कालका लागि सो प्रस्ताव छलफल नगराउन आदेश दिएका हुन् । प्रचन्डले भारतीय राजदुतकै अगाडी सापकोटालाई फोन गरी निर्देशन दिएको खुल्न आएको छ ।सांसद खगराज अधिकारीले ४ महिना अगाडि दर्ता गराएको सो प्रस्ताव प्रचण्डकै आदेशमा हटेको हो। भारतले नेपाली भूमी अतिक्रमण गरी कालापानीमा सेना राखेको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले प्रचण्डसँगको सो प्रस्तावमाथिको छलफल रोक्न आग्रह गरेको स्रोतले बतायो । बिहीबारको कार्यसूचीमा चढिसकेको सो प्रस्तावमाथिको छलफल एकाएक हटाइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख सापकोटासँग यो विषयमा जानकारी मागेको कााग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।