नेपालले समेत गर्यो लकडाउनको तयारी,कुनै पनि बेला लकडाउन हुने

२९ फागुन,काठमाडौं ।
चीन बाट फैईलिएको महामारी रोग कोरोना भाइरस (कोभिड–१९) जटिल बन्दै गएका बेला ईटाली र कुबेत लगायतका देशहरु पुर्ण रुपमा लकडाउन भईसकेका छन् । अन्य केहि देशहरुले आंशिक रुपमा लकडाउन गरिसकेका छन्।११८ भन्दा बढी देशमा आंतकित बनाएको कोरोनाभाईरसको संक्रमण नेपालमा समेत देखा पर्न थालेको छ । चीन संगको छिमेकी र खुल्ला बोर्डरका कारण नेपाल र भारतलाई विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा राखेपछि नेपाल सरकारले कोरोनाको बिषयमा चाँसो दिन थालेको हो ।
केहि दिन अघि नेपाल बाट स्पेनमा गएका एक पर्यटकको मृत्यु हुनाका साथै फ्रेब्रुअरी २६ मा नेपाल बाटै अष्ट्रेलिया गएका एक २० बर्षीय बिध्यार्थीमा समेत कोरोनाभाईरसको संक्रमण देखा परेपछि नेपाललाई थप चुनौती आईलागेको हो । ईटाली,साउथ कोरिया,जापान,अष्ट्रेलिया र युकेलाई दिन प्रतिदिन सताईरहेको कोरोनाले नेपाललाई कुनै पनि बेला ठुलो असर गर्न सक्ने भन्दै नेपाल सरकारले नियन्त्रणका लागि आन्तरिक तयारीमा जुटिसकेको छ ।

नेपालले कुनै पनि बेला ठुलो संख्यामा कोरोनाको संक्रमित भेटेमा तुरुन्त लकडाउन गर्ने गरी तयारी गरिसकेको छ । यस बिषयमा सम्भावित संक्रमणबाट बच्नका लागि सरकारले प्रभावित क्षेत्रमा लक डाउनको तयारी गरेको हो ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव यादवप्रसाद कोइरालाले भने, ‘संक्रमण फैलिएको खण्डमा तत्काल निश्चित क्षेत्रको समुदाय, बस्ती, गाउँ–टोल र जिल्ला लक डाउन गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार कुनै व्यक्तिलाई कोरोना संक्रमणको पष्टि भएलगत्तै त्यो क्षेत्रमा तत्काल लक डाउन गरिन्छ र त्यसका लागि सरकारले तयारी समेत गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।