१२ मार्च,सिड्नी ।
डिसेम्बर अन्तिम साता देखी चीनको हुबे प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई अन्तत:विश्व स्वास्थ्य संगठन (डब्लुयचओ)ले महामारीका रुपमा घोषणा गरेको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुयचओ)ले केहि घण्टा अघि मात्रै मिडिया बिर्फिङमा ‘महामारी’का रुपमा घोषणा गरेको हो । यो घोषणाले कोरोनाले थप त्रसित बनाउन सक्ने सम्भावना बढेको छ । कोरोनाले अहिले सम्म विश्वभर करिब चार हजार जनाको ज्यान गईसकेको छ । भने,करिब एक लाख दश हजार जना भन्दा बढी कोरोना बाट संक्रमित छन् । जस्को उपचार भईरहेको छ ।कोरोनाभाईर पछिल्लो समय चीनमा नियन्त्रण हुदै गर्दा यसले विश्वका एक सय अठ्ठार भन्दा बढी मुलुकहरुलाई सताईरहेको छ । कोरोनाले चीन पछि पछिल्लो समय ईटालीलाई सतायो । ईटालीमा करिब तीन सय बढीको ज्यान गएको छ। यस्तै साउथ कोरिया र जापान पछि अमेरिका र अष्ट्रेलियालाई पनि कोरोनाभाईरसले सताएको छ ।
युरोपिन देशहरु मात्र नभएर कोरोना पछिल्लो समय मिडलईस्ट देशहरुमा पनि पुगेको छ । कतारमा बुधबार एक दिनमै दुई सय पैतालिस भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । ईरान,साउदी अरब र युएईमा समेत कोरोनाको संक्रमित बढ्दो छ ।