प्रधानमन्त्रीको डिस्चार्जको टुङ्गो छैन,भान्जी भईन् डिस्चार्ज

२८ फागुन,काठमाडौं ।
केहि दिन अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने ओलीको आफ्नै भान्जी समिक्षा संग्रौलाको बुधबार डिस्चार्ज भएको छ । तर,प्रधानमन्त्री ओलीको डिस्चार्जको मिति तय भईसकेको छैन ।सोमबार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अबस्था बारे चिकित्सकले मिडिया संग गरेको अन्तर्कृयाले डिस्चार्ज केहि दिनमै हुने बताईए पनि बुधबार सम्म कुनै टुङगो लागेको छैन ।यस्तै ओली अन्य ब्यक्ति सरह सामान्य रुपमा फर्कन कम्तिमा पनि ६ महिना देखि एक बर्ष सम्मको समय लाग्ने पनि प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले बताएका छन् ।बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।साथै केहि अनलाईन मिडियामा प्रधानमन्त्री ओलीलाई उपचारका लागि सिंगापुर लैजान लागिएको भन्ने समचारमा कुनै सत्यता नरहेको प्रमका प्रेस सल्लाहकार सुर्य थापाले दाबी गरेका छन् ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नियमित रुपमा अस्पतालले बुलेटिन मार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्ज पछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठक लगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको जानकारी दिए ।‘बालुवाटारको सेटअपको सिलसिलामा डिस्चार्ज पनि छिटो हुनसक्छ भन्ने चिकित्सकहरुको राय छ । तर अहिलेसम्म डिस्चार्जको केही टुङ्गो भैसकेको छैन’, सल्लाहकार थापाको भनाइ छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।