पुर्बमन्त्री बाँस्कोटाको घरमा बम पड्काउने आंतककारी हुन् : प्रचण्ड

२८ फागुन,काठमाण्डौ ।
पुर्ब सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बुधबार बिहान भक्तपुर स्थित निर्माणधिन घरमा प्रेसर कुकर बम पडकाउने प्रति नेकपाले खेद प्रकट गरेको छ ।
उक्त घटनालाई लिएर नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रेस बिज्ञप्ती जारी गरी घटनाको भर्त्सना गरेका हुन् । बिज्ञप्तीमा दाहालले घटना घटाउनेहरु आंतककारी भएको संज्ञा समेत दिएका छन् ।नेकपाका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजीनिवासमा आतंककारी समुहले वम विष्फोट गराएको थियो ।घट्नापछि प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीहलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

एकजना पक्राउ :घटनामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए ।यसअघि उनीमाथि दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोप छ ।सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमानमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो । उनी अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।