२७ फागुन,काठमाडाैं-
सोमबार राजधानी र उपत्यकाभित्र होली मनाईएको छ । मंगलबार तराई क्षेत्रभित्र होली खेलिदैछ । निकै हर्सोल्लास पुर्बक खेलिने होली यसपटक भने कोरोनाभाईरसको त्रासकाका बिच खेलिएको छ । बिगतका होलीहरुको तुलनामा यसपटक होलीको खास रौनक छैन ।
चिकित्सकहरूले पनि हात मिलाउँदा त कोरोना संक्रमण हुने जोखिम रहेकाले होलीमा जथाभावी रङ, अबिर दल्ने तथा भिडभाड गर्ने गर्दा यो खतरा अझ बढ्न भएकाले होली नखेल्न सुझाव दिएका छन्। भेला, सभा, समारोह तथा भिडभाड नगर्न तथा अत्यावश्यक नभई घरबाट ननस्किन गृहमन्त्रालय, स्थानीय प्रशासनले यसअघि नै आग्रह गरिसकेका छन्।
विश्व स्वास्थ्य संगठनले नै नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको देश घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।तराईमा भने फागुपूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ। तर देशभरै कोरोना संक्रमणको जोखिम देखिएकाले तराईमा पनि यसपटक होलीको रौनक नहुने स्थानीयले बताएका छन्।








