विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

फागुन २४, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्रउ परेकी छिन् ।  शनिवार बिहान शिक्षिका लक्ष्मी कर्मचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जडिबुटीस्थित जागृती एकेडेमीमा अध्यापन गराउँदै आएकी कर्मचार्याले २० पूर्णाङको परीक्षामा १५ अंक भन्दा कम ल्याउने कक्षा ६ मा पढ्ने छात्र छात्राको हात चिराएको समाचार सार्वजनिक भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिक्षिका कर्मचार्य १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी थिइन् ।प्रहरीका अनुसार विद्यालय प्रशासनले नै प्रहरीमा उजुरी दिएपछि शनिवार उनलाई पक्राउ गरिएको बताइएको छ । पीडित विद्यार्थीका अभिभावकबाट भने उजुरी परेको छैन ।

शिक्षिका कर्मचार्यलाई अभद्र वा यातनामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । विद्यालय प्रशासनले भने शुक्रवारबाट नै लागु हुने गरी शिक्षिकालाई जागिरबाट हटाइसकेको जानकारी दिएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।