प्रम मृगौला प्रत्यारोपण:हिँडडुल गराउन थालियो

२३ फागुन,काठमाण्डौ ।
शिक्षण अस्पतालमा सोमबार मृगौला प्रत्यारोण सफलतापुर्बक गरिएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । प्रत्यारोपणको आज तेस्रो दिनदेखि प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको हो ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौला दाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई पनि ठोस आहार दिन थालिएको अस्पताल स्रोतले जनाएको छ ।
फाईल तस्विर ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।