२३ फागुन,काठमाण्डौ ।
चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ६० भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ ।चीन पछि साउथ कोरियामा यस्को महामारी फैलिएको छ । यसैबिच अमेरिकामा पुन: सात जनाको ज्यान गएको छ । भने अष्ट्रेलियामा समेत २ जनाको ज्यान गएको छ ।नेपालमा समेत कोरोनाको महामारी फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको सुचिमा राखेपछि नेपाल सरकारले कोरोना नियन्त्रणका लागि सतर्कता अपनाएको छ । बिमान स्थलमा स्वास्थ्य चेकजाँचमा कडाई गर्नुका साथै चीन,साउथ कोरिया सहितका उच्च जोखिम युक्त देशका नागरिकलाई अन-अराईभल भिषामा समेत रोक लगाएको छ ।
यसैबिच नेपाल सरकारले सार्बजनिक कार्यक्रम सहित भिडभाडमा नजान,होली कार्यक्रम नगर्न समेत आग्रह गरेको छ । कोरोनाको त्रासले ब्यक्तिगत पार्टी र कार्यक्रममा समेत यसले असर गरेको छ ।
काठमाण्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डुका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डौमा कुनै पनि सभारसमारोह र ठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाण्डुका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए ।