युकेमा एनआरएन अध्यक्ष कुमार पन्त सहितको ४ करोड घोटालाका बिरुद्द नाराबाजी (भिडियो)

६ मार्च लण्डन ।
गैर आबासिय नेपाली संघको आयोजनामा बिहिबार भएको एक औपचारीक कार्यक्रममा कार्यक्रममा पुगेका केहि युबाले चर्को बिरोध गर्दै नाराबाजी र कालो झण्डा समेत देखाएका छन् ।एनआरएन अध्यक्ष कुमार पन्त सहितका एनआरएनए युकेका पदाधिकारीहरुको उनीहरुले चर्को बिरोध गरेका हुन् । औपचारिक कार्यक्रममा चल्दै गर्दा सभाहल भित्रै युबाहरुले कालो झण्डा देखाएर प्रदर्शन गर्दा कार्यक्रम बिचमा नै रोकिएको थियो ।केहि महिना अघि सम्पन्न गैर-आबासीय नेपाली संघ युकेको निर्बाचनमा धादलीपूर्बक मतदान गरिएको आरोप सहित उनीहरुले सदस्य शुल्क लगायतको बिषय उठाउदै कुमार पन्तको मिलेमत्तोमा ४ करोड घोटला गरेको उनीहरुको दाबी छ ।

एनआरएनए यूकेको सम्मान कार्यक्रम विरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विद्रोह गरिसकेका थिए। संस्थापक र सल्लाहकारहरुको सम्मान कार्यक्रम हुनु पूर्व एनआरएनए यूकेका ४ उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलन मार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विद्रोह गरेका थिए । यद्पी कार्यक्रम निर्धारित समयमा आयोजना गरिएको थियो ।

यस्तै एनआरएनए युके अध्यक्ष पुनम गुरुङले कार्यसमितिकै उपाध्यक्ष र कोषाध्यक्षलाई समेत जानकारी नगराइ मनोमानी रुपमा आर्थिक संकलन आईसिसी मनोनीत राम शरण सिमखडालाई जिम्मा दिएको आरोप समेत लागेको छ ।

सार्बजनिक भिडियोमा नेपाल राजदुतले समेत घोटला गर्नेहरुलाई सहयोग गर्न कार्यक्रममा आएको भन्दै उनको बिरोध गरिएको छ । भिडियोमा जस्ताको त्यस्तै:

भिडियो स्रोत:नेपालसंसार

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।