कोरोनाको आशंकाको बिमारी टेकु अस्पतालबाट फरार

२२ फागुन,काठमाडौं ।
नेपालमा समेत कोरोनाको त्रास फैलिएको छ । नेपालको भ्रमण पछि स्पेन गएका एक स्पेनका नागरिकको मृत्यु पछि नेपालमा झनै यस्तो त्रास छाएको हो ।कोरोनाभाईरसकै आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बुधबार भर्ना भएका एन नेपाली युबा सोही राती साढे दश बजे तिर अस्पताल बाट फरार भएका छन् ।प्रहरीका अनुसार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको प्रहरीले जानकारी गराएको छ । अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन ।

केहि दिन अघि सोही अस्पतालबाट एक साउदी अरबी नागरिक पनि फरार भएका थिए । कोरोनाबाट अहिले सम्म विश्वब्यापी रुपमा तीन हजार भन्दा बढीको मृत्यु भैईसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।