२० फागुन, काठमाडौं ।
चीनको वुहान बाट सुरु भएको कोरोनाभाईरसले नेपालमा समेत आतक मच्चाउन थालेको छ । कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ ।परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ ।
तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।यता सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वी’कृति दिने कार्य स्थ’गित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी मंगलबार नै यसबारे निर्णय गर्ने बताएको छ ।
सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सर्वोच्च अदालतको आ’देशपछि कोरोनाबाट प्रभावित देशहरुमा जाने कामदार रोक्न छलफल सुरु भएको बताए ।