अर्थमन्त्री खतिवडा द्वारा राजीनामा

२० फागुन,काठमाण्डौ ।
अर्थमन्त्री तथा सुचना-सञ्चारमन्त्री प्रबिधिमन्त्री युबराज खतिवडाले दुबै पदबाट मंगलबार राजिनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति बिध्यादेबी भण्डारीले आजै स्विकृत समेत गरिसकेकी छिन् ।खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । खतिवडाको राजिनामा पछि अब दुबै मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्नेछन् । यद्दपी केहि दिनका लागि भने दुबै मन्त्रालय मन्त्री बिहिन हुनेछन् ।प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि सोमबार नै अस्पताल भर्ना भएका छन् । उनको बुधबार बिहिना ९ बजे शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।