कोरोनाभाईरसको प्रभाब:विश्वको भविष्य ‘अज्ञात’ : विश्व स्वास्थ्य सङ्गठन

२० फागुन,काठमाण्डौ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाईरस अर्थात् कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ ।सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था अहिले नै के होला भन्न नसकिने बताएका छन् । कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उनको तर्क छ ।सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ ।चीनको हुवाई प्रान्तको वुहान शहरबाट सुरु भएका कोरोनाभाईरसको सङ्क्रमण अहिलेसम्म अमेरिका,अष्ट्रेलिया लगायतका ५६ भन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाले ज्यान गुमाएका छन् भने ९० हजार तीन सय ३१ जनामा सङ्क्रमण भएको छ । त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गत २४ घण्टामा चीनमा ३२ र दक्षिण कोरियामा ६ जना,अमेरिकामा ६ गरि ४४ जनाको ज्यान गएको छ भने चीन, दक्षिण कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ सङ्क्रमित भेटिएको छ ।९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म ज्यान गुमाएका मध्ये अधिकांस ७० बर्ष माथिका र ९ बर्ष मुनिका बालबालिका रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।