२० फागुन,काठमाण्डौ ।
चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ५६ भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ ।चीन पछि साउथ कोरियामा यस्को महामारी फैईलिएको छ । यसैबिच अमेरिकामा पुन: छ जनाको ज्यान गएको छ । पहिलो पटक आईतबार अमेरिकामा कोरोनाभाईरसले एकको ज्यान गएको थियो ।अमेरिकाको वासिंटन राज्य स्थित किङ काउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एकजनाको मृत्यु भएको पुष्टी भएको छ । अहिलेसम्म अमेरिकामा ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।अमेरिकामा उपचार भइरहेका ७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । ९ जनाको भने सफल उपचार गरिएको छ ।
न्युयोर्कमा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । ३५ बर्ष काटेकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । उनमा ईरान भ्रमणको क्रममा संक्रमण भएको जनाईएको छ । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ ।
कोरोनाभाईरस अहिलेसम्म विश्वभर ९० हजार ३ सय २ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३०८७ पुगेको छ । संक्रमित ४५ हजार ७ सय ५ को सफल उपचार गरिएको छ ।दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने संक्रमितको संख्या ४३३५ पुगेको छ । इटलीमा ५५ जनाको ज्यान गएको छ भने इरानमा ६६ जनाको ज्यान गएको छ । इटलीमा २०३६ जनामा संक्रमण पुष्टी भएको छ भने इरानमा संक्रमितको संख्या १५०१ पुगेको छ ।
जापानमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २७४ मा संक्रमण भएको छ । जापानको क्रुजसिपबाट उद्दार गरिएका ७ जनाको मृत्यु भइसकेको छ भने ३६ जनाको अवस्था गम्भिर रहेको छ । त्यहाँ ७०५ मा संक्रमण पुष्टी भएको थियो ।नाको सङ्क्रमण त भएको छैन तर जोखिम बढेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सूचना निकालेर सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । बहराइन र कुवेतमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारीसहित त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।
सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेका छन् ।खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा सङ्क्रमण देखिएको छ । यस्तै नेपालीको सङ्ख्या धेरै रहेको मलेसिया, कोरिया, जापान लगायतका देशमा पनि कोरोनाको सङ्क्रमण फैलिएको छ ।नेपालीको सङ्ख्या धेरै रहेको देशमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशमा सङ्क्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जनाइएकाे छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको छ ।मन्त्रीहरुसमेत सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिनुभएको छ ।
यस्तै अमेरिका र अस्ट्रेलियामा पनि कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको पानीजहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।