दुबई पुगेका ३० नेपाली कामदार नेपाल कोरोनाको उच्च जोखिममा रहेकाले फिर्ता पठाईए

१९ फागुन,काठमाण्डौ ।
जनवरी दोस्रो साता बाट चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ५६ भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ । चीन पछिल साउथ कोरियामा यस्को महामारी फैईलिएको छ । यसैबिच अमेरिका र अष्ट्रेलियामा एक-एक जनाको ज्यान गएको छ ।नेपाललाई विश्व स्वास्थ्य संगठनले कोरोनाभाईरसको उच्च जोखिमको सुचिमा राखेपछि नेपाल सरकारले समेत यसतर्फ ध्यान दिन थालेको छ । दुई दिन अघि सम्म निर्बाध रुपमा नेपाल आउने गरेका पर्यटकको बिमानस्थलको स्वास्थ्य परिक्षणमा अहिले कडाई गरिएको छ ।

नेपाल कोरोनाभाईरसका कारण उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको सुचिकृतका कारण रोजगारीका लागि बहराईन जान दुबई पुगेका ३० नेपाली कामदार दुबई सरकारले बिमानस्थल बाटै नेपाल फिर्ता पठाएको छ ।

नेपालको बहराईनसंग सिधा उडान नहुदा दुबईलाई ट्रान्जिट बनाएर बहराईन जादै गर्दा उनीहरुलाई बिमानस्थल बाट फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए । यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिनुभयो । सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।