राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव

१९ फागुन,काठमाडौं ।
सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्नुपर्ने, जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गर्न संविधान संशोधन हुनुपर्ने प्रस्ताव गरे ।उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव गरेको छ । सत्तारुढ दलले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान संशोधनको बहस गर्नुभन्दा दलिय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव गरेको हो ।

लिङदेनले भने, ‘सत्तारुढ दलले संविधान संशोधनका कुरा झिकेर ठिकै गरेको छ । व्यक्ति, परिवार र स्वार्थ समूहका लागि नभएर जनताका लागि संशोधन अगाडी बढाउन आग्रह गर्दछु । संविधान संशोधन गर्ने नै हो भने सत्तारुढ दल र प्रतिपक्षी दलले समेत सहमति गरी ४० हजार जनप्रतिनिधि र तीन तहको संरचना हटाऔँ ।

उनले थपे संवैधानिक अंगहरुमा हुने नियुक्तिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔँ । निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्व समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गरौँ । दलिय राजनीति भन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौँ ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले चीनबाट उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेको भएपनि अन्य कोरोना प्रभावि क्षेत्रबाट एक महिनाको अवधिमा नेपाल भित्रिएका १ लाख ७६ हजार २ सय ७२ जनालाई क्वारेन्टाइन नै नगरी नेपाल प्रवेश गराइएको प्रति आपत्ति जनाए । प्रतिनिधि सभामा कोरोना भाईरस लगायत निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा सम्मको बिषय सोमबारको बैठकमा उठेका थिए ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।