नेपालमा थप चार जनामा कोरोनाभाईरसको संक्रमण

१९ फागुन,काठमाडौं ।
चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ । अमेरिका र अष्ट्रेलियाका देशहरुमा समेत कोरोनाले ज्यान गुमाईसकेका छन् ।यो समचार तयार गर्दा सम्म कोरोनाभाईरसले दुई हजार नौ सय उन्नअसी जनाको ज्यान गईसकेको छ । भने,छयासी हजार नौ सय छयासी जना संक्रमित भएका छन् । अहिले नेपाल समेत कोरोनाभाईरसको उच्च जोखिममा छ ।पछिल्लो समय साउथ कोरिया चीनपछिको दोस्रो ठुलो संक्रमित देश भएको छ । कोरोनाभाईरसकै कारण नेपालमा भिजिट नेपाल २०२० समेत रद्द गरिएको छ ।यसैबिच काठमाण्डौमा थप चार जनामा कोरोनाभाईरसको संक्रमणको आंशकामा टेकु अस्पतालमा भर्ना भएका छन् । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

भर्ना गरिएका एकजना चीन तथा तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली रहेको अस्पतालले जनाएको छ । शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जानकारी दिएको छ । शनिबार एकजना अस्पताल भर्ना भएका थिए । उनी चीनबाट फर्किएका व्यक्ति हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।