नेपालले अन–अराइभल भिषा नदिने निर्णय

१९ फागुन,काठमाण्डौ ।
कोरोनाभाईरसको असर यतिबेला विश्वब्यापी रुपमा फैलिएको छ । यसको असर अहिले नेपालमा प्रत्यक्षरुपमा परेको छ ।देशमा भिजिट नेपाल २०२० चल्दै गर्दा सरकार भिजिट नेपाल रद्द गर्ने तयारीमा छ । यसैबिच त्रिभुवन बिमानस्थलमा बिदेशी पर्यटकलाई दिईने अन-अराईभल भिषा कोरोनाभाईरसकै कारण केहि समयका लागि नदिने सरकारले निर्णय गरेको छ ।नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा उपलब्ध गराउँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार बसेको बैठकले नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले नेपाली नागरिकलाई चीन, जापान, दक्षिण कोरिया, इरान तथा इटालीलगायत कोरोना प्रभावित मुलुकको भ्रमणमा रोक लगाउने भएको छ ।कोरोनाभाईरस फैलिएदेखि अष्ट्रेलिया लगायतका ठुला देशहरुले चीन लगायत कोरोनाभाईरसको उच्च जोखिममा रहेका देशका नागरिकलाई अस्थायी समयका लागि भिषा आबेदनमा समेत रोक लगाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।