१८ फागुन, काठमाडौँ ।
पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि केहि समय अघि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो ।काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिएको जानकारी गराएका छन् । प्रहरीले उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगेको बुझ्नमा आएको छ ।
दाहाललाई के कती कारणले जुत्ता प्रहार गरियो भन्ने बारे थप जानकारी आएको छैन । प्रहार गर्ने युबाले केहि नबोलेको तर सोधपुछको क्रम जारी रहेको छ।