कोरोनाभाईरसले अष्ट्रेलियामा एकको ज्यान गयो

१ मार्च सिड्नी ।
अष्ट्रेलियामा कोरोनाभाईरसको संक्रमण १५ जनामा देखा परे पनि अहिले सम्म कसैको मृत्यु भएको थिएन । संक्रमित उपचार गरी केहि घर फर्किसकेका छन् ।जापानको डायमन्ड प्रिन्सेस क्रुजबाट अष्ट्रेलिया आएका एक ब्यक्तीको आईतबार बिहान मृत्यु भएको हो । उनको अबस्था एक साता सम्म स्थिर भएको पछिल्लो समय कोरोनाले अबस्था नाजुक हुदै गएको बुझिएको छ ।मृतकका श्रीमतीको समेत सकारात्मक परिक्षण गरेको र स्थिर अवस्थामा अस्पतालमा अलग्गै रहेको समेत खुल्नमा आएको छ । उनी पश्चिमी अष्ट्रेलिया (पर्थ) का हुन् । डब्ल्यूएका प्रमुख स्वास्थ्य अधिकारी डा.एन्ड्र्यू रोबर्टसनका अनुसार मृतककी श्रीमतीले आफ्नो श्रीमानको मृत्यु हुनुभन्दा पुर्ब श्रीमान सँग कुरा गर्ने अवसर पाएका थिए ।

यद्यपि यो अष्ट्रेलियामा पहिलो मृत्यु हो, रबर्टसनले भने कि सार्वजनिक त्रासको आवश्यकता छैन । “हामीले अझै पनि यो बिन्दु स्पष्ट पार्नु पर्छ कि अष्ट्रेलियाको समुदायमा कोरोनाभाईरस फैलिएको छैन,” उनले भने । उनले थप स्पष्ट पारे “मलाई लाग्छ कि मानिस सचेत हुनुपर्छ तर चिन्तित हुनु हुँदैन ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।