विमानस्थलको भीआईपी कक्षमा नेता भिम रावलले प्रवेश पाएनन्

१६ फागुन, धनगढी ।
नेकपा सुदूरपश्चिमका इन्चार्ज समेत रहेका पूर्व उपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षमा प्रवेशमा रोक लगाईएको छ। शनिबार बिहान काठमाडौँबाट धनगढी आएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको गुनासो गरेका छन् ।धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेका रावलले आफूलाई भीआईपी कक्षमा प्रवेश गर्न नदिएको गुनासो गरे। ‘कसको इन्टेन्सन के हो मलाई थाहा भएन, त्यसतर्फ जान म चाहदैन्।’ उनले भने। ‘आज मैले विमानस्थलमा त्यो घटना व्यहोर्नुमा सेनाका व्यक्तिको दोष छैन्।

उहाँहरुले माथीको आदेश पालना गर्ने हो। सबैलाई रोक्ने भए पूर्व जानकारी भएन्। मलाई ट्रली गुडाउने ठाउँबाट बाहिर जान भनियो।’ ट्रली भित्रिने ठाउँबाट रावल बाहिर आएका थिए। सुरक्षाको बारेमा पूर्व जानकारी नभएको भन्दै रावलले आक्रोश व्यक्त गरेका छन्।

राष्ट्रपतीको सुरक्षाको व्यवस्थाको बारेमा पूर्व जानकारी नदिएको र विमानस्थलको विशिष्ट कक्षमा अपमान भएको उनको दुःखेसो छ। उनले राष्ट्रपतीको सुरक्षाको बारेमा आफूलाई जानकारी नभएको बताए । नेता रावल शनिबार धनगढी आउने पूर्व निर्धारित कार्यक्रम हो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।