काठमाडौं ।
गत साता सेक्युरिटी प्रेस खरिदमा ७० करोडको कमिसनको अडियो प्रकरणमा परेका निबर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सोहि दिन मन्त्रीबाट राजिनामा दिएका थिए ।प्रधानमन्त्रीका निकै विश्वासपात्रका रुपमा रहेका बाँस्कोटाको अडियो प्रकरण पछि प्रधानमन्त्री केपी शर्मा ओली समेत आलोचित बनेका थिए । आलोचित बन्ने क्रमम अहिले सम्म पनि जारी नै छ । उहाँले आफ्नो जन्मदिन मनाउदा केक बोक्न हेलोकप्टर प्रयोग गरेको,नेपालको नक्साको केक काटेर खुसी मनाएकै कारण थप आलोचित बनेका थिए ।
बाँस्कोटाको अडियो प्रकरण पछि प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिकृया दिएका छन् । ओलीले बाँस्कोटाको बचाउ गर्दै बाँस्कोटालाई अहिले सम्म मुद्दा नलागेको तर आरोप प्रमाणित भएजस्तो गरेर मिडियाले प्रचारबाजी गरेको बताएका छन् । ओलीले त्यस किसिमको प्रचारमा आपत्ती रहेको समेत बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बाँस्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’
बाँस्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेकेा छ ।’ओलीले थपे ।उता बाँस्कोटा स्वयम् अडियो आफ्नो नभई क्यारिकेचर गरिएको भन्दै आईरहेका छन् ।