बानेश्वरमा भव्य विवाह पार्टी, तर नत दुलाह आए नत जन्तीनै

काठमाण्डौ ।
राजधानीमा आयोजित एक भब्य विवाहमा दुलाहा नआएपछि यस्ले अहिले हल्लीखल्ली मच्चिएको समचार कान्तिपुर दैनिकमा बिहिबार प्रकाशित छ । बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएकोमा नत जन्ती आए नत दुलाह नै ।निर्धारित समयमा जन्ती र दुलाह नआएपछि माईती पक्षमा तनाबमा रह्यो । लगत्तै माईत पक्षले प्रहरीलाई उजुरी गरेपछि सो केटा सन्दर्भमा प्रहरीले खोज तलास गर्यो ।आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल रहेको र आफू डाक्टरको छोरा भएको बताएका थिए ।सोहि अनुरुप दुई साता अघि हिन्दु परम्परा अनुसार माईती पक्षले टिकाटालो समेत गरेको थियो ।टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली र आफ्नै नाम समेत नक्कली रहेको पुष्टी भएको छ । आश्रेय बस्नेत भनेर केटी पक्षलाई परिचय दिएका केटाको बास्तविक नाम भने साहिल बस्नेत रहेको प्रहरीले पुष्टी गरेको छ ।

प्रहरीका अनुसार उनी पोखरा विमानस्थलमा भेटिएको उनी संग स्रोत नखुलेको चार हजार अमेरिकी डलर समेत फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने तयारी भइरहेको बुझ्नमा आएको छ ।

प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् । पछिल्लो समय बिभिन्न तरिकाले ठगी गर्ने धन्दा मौउलादै गएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।