सिड्नीमा ग्रोसरी देखि कन्सल्टेन्सी सम्म हुण्डीको कारोबार

सिड्नी ।
अष्ट्रेलिया उच्च शिक्षा हासिलका निमित्त गतिलो देश हो । जहाँ हजारौ बिध्यार्थीको उच्च शिक्षा संगै भविष्य जोडिएको हुन्छ ।नेपाल छदै यहाँको चिल्ला सडक,गाडी,गगनचुम्बी महल,ओपेरा हाउसको सन्दुर मनोरम प्रकृतिले अधिकांसको ध्यान तानेकै हुन्छ । तर,यि सबै कुरामा मोहित हुदै गर्दा त्यहाँ टिक्न कति सहज छ,कति संघर्ष गर्नुपर्छ,काम समय र अध्ययनको समय ब्यबस्थापन कसरी गर्ने,कलेज फि कसरी तिर्ने भन्ने कुराको ख्याल कमैले गरेका हुन्छौ । ‘केहिलाई भने यनीहाउ भिषा लगाउ त्यसपछि देखा जायगा’ भन्ने छ ।हामी देखासिखी गर्न पनि सिपालु छौ । छिमेकीमा फलानोको छोरा-छोरीको प्रगतीलाई उदाहरण दिएर जबर्जस्त अष्ट्रेलिया पठाउने अभिभाबकको पनि कमि नहोला सायद । समग्रमा भन्नु पर्दा अष्ट्रेलिया दु:ख पछिको सु:ख भनेझै बर्तमानमा मेहनत गर्दा भबिष्यमा केहि गर्न सकिने देश चाँहि पक्कै हो ।

नेपाल बाट सिधै पिआर लिएर आउने बिरलौ होलाऔ,यसर्थ प्राय हामी बिध्यार्थी भिषामा नै आएका छौ र हुन्छौ । आजको दिनमा ओहो ! नेपालमा सोचे जस्तो र देखे जस्तो नहुदो रै’छ अष्ट्रेलिया भन्नेहरु हजारौ हुनुहुन्छ । संघर्ष गर्न नसकेर केहिले स्वर्णिम जीवन समेत अनेक तरिकाले फालेका छन् । कतिले सहि सुझाब र परामर्स नपाउदा अष्ट्रेलियामा केहि गर्न सक्दिनकी भनेर डिप्रेसनमा समेत गएका छन् । ती ब्यक्तीहरुले आजको दिनमा बिलिनियर,मिलिनियर र अन्य सफल ब्यक्तिहरुको भोगाईको कथा सुन्न आबश्यक छ ।

अष्ट्रेलियामा बिलिनियर र मिलिनियर नेपाली दर्जनौको हाराहारिमा हुनुहुन्छ । दश बर्ष भन्दा बढी बसेका प्रायसबैको आफ्नै ब्यापार ब्यबसाय छ या त उच्च तहमा कार्यरत हुनुहुन्छ । हो यि सबै ब्यक्तिहरु पहिले आजको तपाई हामी जस्तै बिध्यार्थी भिषामा आउनु भएको थियो ।तिनै बिध्यार्थी संगको पहिलो र बलियो सम्बन्ध भनेको शिक्षा सम्बन्धी परामर्स दिने कन्सल्टेन्सी संग हुन्छ । केहि कन्सलटेन्सीहरुले धेरैको जीवन सफल बनाउन महत्वपुर्ण भुमिका निर्बाह गरेका छन् । केहिले गलत परामर्श र सल्लाहले अष्ट्रेलियाको सुनौलो जीवन जिउने चाहना भत्काईदिएका समेत छन् । यसर्थ बिध्यार्थीले सेवा लिदा सोच्न पर्ने पहिलो काम नै कन्सल्टेन्सी हो । त्यसपछिको दोस्रो भनेको हुण्डी हो । बिध्यार्थी आईरहने र बिध्यार्थीले नै नेपाल पैसा पठाईरहने भएर पनि हुनसक्छ अहिले सिड्नीका कतिपय कन्सल्टेन्सी भित्र शिक्षाको कुरा होईन,भाई कति पठाउने,बहिनि कति पठाउने ह्या पठाउ-पठाउँ म राम्रो रेट दिन्छु भनेको यो पङ्त्तिकारले धेरै पटक सुनेको छ । यदी होईन भन्ने लाग्छ भने पिट स्ट्रिट,योर्क स्ट्रिट,क्यास्लर्ग स्ट्रिट तिरका दुई चार वटा कन्सल्टेन्सीमा पसेर बुझ्नु होला । तर केहिले देखाउन चाँहि रेमिट्यान्सको पुल अप ब्यानर पनि देखाउछन् तर पैसा चाँहि हुन्डी बाटै पठाउन अनुरोध गर्छन् ।

निकै मेहनतले रातदिन,नत भोक नत प्यास नभनी कमाएको पैसालाई बैधानिक पुर्बक स्वदेश पठाउने तपाई हामी सबैको कर्तब्य हो । १ देखि २ रुपैयाको लोभमा परेर हुन्डीबाट नेपाल पैसा पठाउदा केहि हुण्डीवालाले कतिपयको घरबार समेत तहसनहस पारिदिएका छन् ।हुण्डीवालाको मारमा स्थापित ब्यक्तिहरु देखि नयाँ बिध्यार्थीहरु सम्म पर्ने गर्नु भएको छ । गत महिना मेल्बर्नमा भएको हुण्डी काण्ड सबैलाई थाहा नै होला । १ रुपैया बढी पैसा पाउने लोभमा नचिनेका या चिनेकै संग पैसाको कारोबार गर्दा न त नेपालमा परिवारले पैसा पाए नत यहाँ पैसा फिर्ता नै गर्छन् । पैसा माग्दा उल्टै धम्की दिने हुण्डीवालाहरुको कमी छैन । ब्यक्तिगत प्राईवेसी राईटका कारण चाहेर पनि सम्बन्धित ब्यक्ति र ब्यबसायको नाम प्रकाशन गर्न सहज भने छैन । ह्युमन राईट,प्राईभेसी राईटका कारण अष्ट्रेलियमा बढीमात्रामा स्क्यामरहरु छन् । जुन केसलाई सितिमिति प्रहरीले समेत वास्ता गर्दैन । स्कयामरले समेत खुल्लम् खुल्ला रुपमा ठगीरहेको देशमा हुण्डीबाट ठग्नु र लुट्नु नौलो भने होईन त्यसर्थ यो देशमा आफै सजग हुनुपर्ने देखिन्छ ।अष्ट्रेलियामा पुर्ण रुपमा शुद्द रेमिट्यान्स सेवा औलामा गन्न सकिन्छ । कन्सल्टेन्सीमा मात्र होईन हुण्डीको मुख्य ब्यापार नेपाली ग्रोसरी सपमा हुने गरेको छ ।

पङत्तिकार कोग्राकै एक ग्रोसरी स्टोरमा यसबारे बुझ्ना जादा पङत्तिकारलाई नै हुण्डी गरेर नेपाल पैसा पठाउन आग्रह गरियो । ‘होईन रेट मात्र सोधेको’भन्दा बारम्बार पठाउनुस् न आजको भोली नै पैसा पुग्छ भनेर सेवाको वेलिबिस्तार लगाईयो । अब यति भएसी रेमिट्यान्स छ कि नाई भनेर सोधियो छ भन्ने जवाफ आयो र अब सोधे पछि अझै हुन्डी नै पो हो की भन्ने शंका भयो र सानो रकममा बिचार गरियो । तर आधा घण्टा पछि नेपालमा पैसा पनि ट्रयाकिङ नम्बर बाट भुक्तानी भएको एसएमएस आयो । यसबाट थाहा भो कि रेमिट्यान्स पनि छ । तर रेमिट्यान्स वालाले हुण्डीबाट १ रुपैया बढीको लोभ देखाएर हुण्डी गराईरहेका छन् । त्यो पनि खुल्ला रुपमा ।पङत्तिकारकै छेउछाउमा अरु बिध्यार्थी भाईबहिनिहरु पनि ग्रोसरी किन्न आएका थिए । ती पसलेवालाले सामान बेच्नमा भन्दा पनि हुण्डी बाट पैसा पठाउन बिध्यार्थीलाई कन्भिन्स गर्दै थिए । त्यस बेला लाग्यो यो लसुन प्याज त देखावटी त होईन कतै तर बिध्यार्थीको आफ्नो चाहना त्यँहा कुनै प्रतिकृतया पंङत्तिकारले दिएन ।

कोग्रा मात्र होईन,केहि ग्रोसरी बाहेक अधिकांस ग्रोसरीमा हुण्डीको कारोबार हुने गरेको छ । यतीमात्र होईन अहिले मोबाईल पसलमा समेत हुण्डीको कारोबार हुने गरेको देखिएको छ ।पछिल्लो समय हुण्डीको जालो (बिस्तार) देख्दा लाग्छ यो सितिमिति नियन्त्रणमा आउने वाला छैन जब सम्म तपाई हामी १ रुपैया बढि पाउने लोभमा कुद्दैनौ !

(यो समचार होईन वास्तविक अनुभब र बुझाईमा केन्द्रित लेख हो)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।