ज्ञानेन्द्र र पूर्वडीआईजी रमेश खरेलले नयाँ दल खोल्दै

काठमाडौँ
नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले सामाजिक अभिनयताको हिसाबले चिनिएका ज्ञानेन्द्र शाही मिलेर नयाँ दल खोल्‍ने भएका छन् ।उनीहरुले ‘हाम्रो नेपाल हामी नेपाली’ नामको दल खोल्न लागेका हुन् । यो दल अभियानका ढंगमा अहिले आउन लागेको हो । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले जानकारी गराएका छन् ।खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझाव अनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए। खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्र’ष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आ’बद्ध छन् ।

अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्। पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि सं’गठनमा ल्याउनेबारे छ’लफल भइरहेको बताइएको छ। यद्यपि पहिलो घो’षणा सभामा भने पूर्वडीआईजी खरेल र पूर्वसचिव सिटौला रहनेछन् ।ज्ञानेन्द्र शाही पछिल्लो समय सामाजिक अभियानमा सक्रिय युबा हुन् । उनी केहि समय अघि चितवनमा भ्रष्ट्रचार बिरुद्दको अभियानको क्रममा सामुहिक आक्रमणमा समेत परेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।