त्यो मेरो अडियो नै होईन, क्यारिकेचर गरिएको हो: गोकुल बाँस्कोटा

काठमाडौं, १४ फागुन ।
निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका नेपाल प्रतिनिधि बिजय प्रकाश मिश्र संग ७० करोडको कमिसनको सम्झौताको छलफल गर्दै गरेको अडियो सार्बजनिक भएको केहि घण्टामानै उनले पदबाट राजिनामा दिए ।

फाईल फोटो:निबर्तमान सुचना तथा संचारमनत्री गोकुल प्रसाद बाँस्कोटा ।

स्विसले २८ अर्बमा बिल्डिङ सहितको सेटअप गरिदिने अफर हुदै गर्दा जर्मन कम्पनीलाई ४० अर्बको टेण्डर दिने तयारी बाँस्कोटाको थियो । सो अडियो पछि पछिल्लो समय चौतर्फि रुपमा आलोचित बनेका बाँस्कोटाले अहिले आफ्नो भनाई फेरेका छन् ।अडियो सार्बजनिक भएकै दिन उनले नैतिकताको ख्याल गर्दै राजिनामा दिएको बताएका थिए ।

यद्पी अहिले प्रतिपक्ष नेपाली कांग्रेस लगायत आम नागरीकले बाँस्कोटाको राजिनामाले मात्र नहुने उनलाई थप अनुसन्धान गरी आबश्यक कारबाही गर्न समेत आवाज आईरहेका बेला उनले बोली फेरेका हुन् ।गोकुल प्रसाद बाँस्कोटाले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा थिए । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ वटा जोडेर बनाएको होला भनेर हतारिएको प्रतिक्रिया दिएका थिए । तर, तीन घण्टा नबित्दै उनले काठमाडौं आउनेबित्तिकै पदबाट राजीनामा दिएका थिए ।

उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको नाम भ्रष्टाचारमा मुछिएको छन् । ओलीकै आडमा बाँस्कोटाले कमिसनको चलखेल गरेको हुनसक्ने अडकलबाजी भईरहेका छन् । यसो त अहिले प्रधानमन्त्री ओली जन्मदिनमा उनले काटेको नेपालको नक्सासहितको केकका कारण पनि तिब्र आलोचित बनेका छन् ।संसदमा दिनहुँ ओलीलाई जवाफ दिन संसदहरुले दबाब दिईरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमा प्रधानमन्त्री ओलीको राजिनामा समेत मागिसकेको छ । प्रधानमन्त्रीको विश्वासपात्रले यस्तो कमिशनको डिल गर्दा प्रधानमन्त्रीलाई थाहा भएको कांग्रेसको दाबी छ । यद्पी अडियोमा बोल्ने मिश्र स्वयमले डेढ महिना अगाडीनै आफुले सो अडियो प्रधानमन्त्रीलाई दिईसकेको दाबि गरेका छन् ।डेढ महिना अघि देखि कमिसनको चलखेल थाहा पाउदा पाउदै पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नुले ओली अहिले थप आलोचित बनेका हुन् ।

यता, मन्त्रीबाट हात धुनु परेका बाँस्कोटा भने त्यो अडियो आफ्नो नभएको दाबी गर्दैछन् । स्रोतकाअनुसार उनले आफूनिकट नेता तथा कार्यकर्ताहरुसँगको कुराकानीमा उक्त अडियो आफ्नो नभएको र क्यारिकेचेर गरेर बनाईयो दाबी गरेका छन् । नेकपाका कतिपय शीर्ष नेताहरुले पनि उनलाई फसाईएको चर्चा गर्न थालेका छन् । यो प्रकरण अख्तियारले छानबिन गर्ने भैसकेको छ । अडियो बाहिर ल्याउने मिश्रलाई पनि पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई पत्राचार भैसकेको छ ।प्रधानमन्त्री ओलीसँगको भेटवार्तामापनि उनले उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । तर, उनको विषयमा प्रश्न उठेपछि तत्काल राजीनामा दिनको लागि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । बाँस्कोटा अहिलेपनि प्रधानमन्त्री ओलीको भक्तपुर बालकोटस्थित् निजी निवासमा बसिरहेका छन् । मन्त्री हुँदापनि उनी त्यही घरमा बस्दै आएका थिए ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकै बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहित निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्री सहित चारै जनालाई आईतबार अख्तियारमा उजुरी दिएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।