तनुहँ,
तनुहँ र कास्कीमा चितुवाको आक्रमण भएका घटना नयाँ होईनन् तर स्याङ्जा जिल्लामा पनि चितुवा घरमै छिरेर आक्रमण गरेको छ । जिल्लाको भिरकोट नगरपालिका वडा नंं ९ का ११ बर्षिय युनिष गुरुङलाई मंगलबार बिहान करिब ७ बजे चितुवाले आक्रमण गरेको हो । आफै सुत्ने कोठाको खाटामुनीबाट निस्कीएर आक्रमण गरेको युनिषकी आमा जौमाया गुरुङले बताईन् । बिहान पिसाब फेर्न उठेका युनिष कोठाभित्र छिर्दा चितुवाले आक्रमण गरेर भागेको जौमायाले बताईन् । घाईते अवस्थामा रहेका युनिषलाई स्थानीयहरुको सहयोगमा पोखरा मणिपाल अस्पतालमा ल्याईएको र अहिले अवस्था खतरामुक्त भएको थाहाहुन आएको छ । चितुवाकै आक्रमणबाट तनहुँ र कास्कीमा गरी १० जनाले ज्यान गुमाएका छन् ।