काठमाण्डौ ।
निबर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसनको अडियो टेप प्रकरणले अहिले राजनितिमा हलचल ल्याएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाले स्विस कम्पनीका नेपाल स्थित प्रतिनिधि बिजयप्रकाश मिश्र संग ७० करोडको कमिसनको बार्गेनिङ गर्नुका साथै कर्मचारीहरुमाथि अश्लिल शब्द बोलेका थिए ।
बिबादित बाँस्कोटालाई अनुसन्धान गरी कानुनी दायरामा ल्याउनु पर्ने आम सर्बसाधारणको तर्क रहदै गर्दा बाँस्कोटाको पछाडी प्रधानमन्त्री केपी शर्मा ओलीले भने बाँस्कोटाको थप अनुसन्धान गर्न नपर्ने भन्दै अनुसन्धान नगर्न दवाब समेत परेको खबर समेत आईरहेका छन् ।
यसैबिच सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकै बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहित निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्री सहित चारै जनालाई आईतबार अख्तियारमा उजुरी दिएका हुन् ।
अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन्। उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ ।
बुधबार राती सार्बजनिक कमिशनको अडियो सार्बजनिक भएपछि बिहिबार नै बाँस्कोटाले प्रधानमन्त्रीलाई राजिनामा बुझाएका थिए । बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वास पात्र थिए भने उनी प्रधानमन्त्री शर्माको भक्तपुर बालकोट स्थित निजि निवासमा बस्दै समेत आएका छन् ।








